Home Uncategorized आइसीसी महिला टी-२० विश्वकप छनौटः नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले...

आइसीसी महिला टी-२० विश्वकप छनौटः नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

काठमाडौं- मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोटको तेस्रो खेलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भुटानलाइ तीन विकेटले हराउदै नेपालले प्रतियोगीतामा लगातार तेस्रो जित निकालेको हो ।

युकेएम वाइएसडी क्रिकेट मैदानमा टस हारेर ब्याटीङ गरेको भुटानले नेपाललाइ ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । भुटान निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमा समेटियो ।

नेपालका लागि बलिङमा पुजा महतोले ३ विकेट लिइन् । ४० रनको समान्य लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा ७ विकेटको क्षतिमा पाएको लक्ष्य पुरा गर्‍यो । कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । यो जित सगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो । अव नेपालले भोलि कतारसँग र बुधबार युएइसँग खेल्नेछ ।

https://ujyaalonepalnews.com/archives/30983

Previous articleपेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु, सातजना घाइते
Next articleनारायणी नदीको बारमा मोटरसाईकल ठोक्किँदा एकजनाको ज्यान गयो।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।