नारायणी नदीको बारमा मोटरसाईकल ठोक्किँदा एकजनाको ज्यान गयो।

0
59

गैँडाकोट । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अनियन्त्रीत भै मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ ।

गएराति ९: ३० वजे पूर्वबाट पश्चिमतर्फ आउदैगरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भै पुलको साइडको बारमा ठोक्कीदा भरतपुर २८ घर भएका २८ वर्षका नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा ९ : ५१ बजे ज्यान गएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिए ।

https://www.ujyaalonepalnews.com/archives/30984

Previous articleमकवानपुरमा नमुना संयुक्त रास्ट्र संघ सम्पन्न ।
Next articleअरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प