चेपाङ समुदायको न्वाँगी पर्वमा बागमती प्रदेशका तिन जिल्लामा शुक्रबार सार्वजनिक बिदा

हेटौँडा, भदौ १८ गते । बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को सोमबार यहाँ बसेको बैठकले चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । प्रदेश सरकारले यी तीन जिल्लामा गत वर्षबाट न्वाँगी पर्वमा चेपाङ समुदायलाई बिदा दिन सुरु गरेको छ ।

बैठकले प्रदेश विपत् व्यवस्थापन कोष २०८० कार्यविधि स्वीकृत गरेको छ । यस्तै, बैठकले सङ्गठन संरचना र दरबन्दीसहित प्रदेशको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको मन्त्री श्रेष्ठले बताए ।

https://ujyaalonepalnews.com/archives/31039

Previous articleभद्रकाली माविका ११ जना विद्यार्थीको कालिका मोटरसाइकल पार्टस द्वारा अभिभावकत्व ग्रहण
Next articleभारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।