Home Uncategorized नेपाल रेडक्रस स्थापना दिवस मनाइयो।

नेपाल रेडक्रस स्थापना दिवस मनाइयो।

भाद्र १९,चितवन- रेड्क्रस शिक्षक नायक हरिराम रेग्मिको संयोजकत्त्वमा जुनियर रेड्क्रस सर्कल अर्किड स्कुलद्वारा भरतपुर अस्पतालका विभिन्न वार्डमा भर्ना गरिएका विरामीहरुलाइ फलफुल र जुस वितरण गरियो। कलिला विद्यार्थिको सेवामुलक कार्यले मानवीय सेवालाइ प्राथमिकता दिइने सस्कारको भविष्यमा विकास हुने अपेक्षा उक्त अवसरमा रेग्मी ले बताउनु भयो।

यसै गरि ६१ औ नेपाल रेड्क्रस स्थापना दिवसको दिन अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थिहरुलाइ ” मनैदेखी सेवा” लेखिएको ब्याच वितरण गर्दै रेडक्रसको स्थापना र उद्देश्य बारेमा जानकारी दिनु भएको थियो।

रेड्क्रस स्थापना दिवस को दिन बिद्यालय परिसर भित्र सरसफाइ कार्यक्रम सहित स्वास्थ चेतनामूलक वृतचित्र पनि देखाइएको श्रेष्ठले जानकारी दिनुभयो।

https://ujyaalonepalnews.com/archives/31053

Previous articleनेपालबाट दश वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्वारा स्वीकृत
Next articleभ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ- महामन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।