‘धर्म परिर्वतन गराउने गिरोह सक्रिय’

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन् ।

मिडिया नेपाल प्रदेश नं. १ समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

पार्टी अध्यक्ष थापाले सातै प्रदेशमा सङ्गठन विस्तारदेखि पार्टीभित्र देखिएका आन्तरिक कलहलाई हटाउनमा जोड दिएका छौं भन्दै पार्टी सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए ।

The post ‘धर्म परिर्वतन गराउने गिरोह सक्रिय’ appeared first on Rajdhani Daily News.

विदेशमा अलपत्र नेपालीहरुलाई खुसीको खबर: अब सरकारी खर्चमा नि:शुल्क फर्कन पाईने

Previous articleश्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता
Next articleमोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।