काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ

विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई जानकारी दिए।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।

बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।

यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ॠण सहयोग गरेको प्राधिकरणले जनाएको छ।

नवलपुरमा २६ अर्ब बढी राजश्व सङ्कलन

Previous articleसरकार र आफूविरुद्ध अनेक षड्यन्त्र भइरहेकाे प्रधानमन्त्रीकाे दाबी
Next articleखाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढ्याे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।