“सेभ अर्पण तिज उत्सब–२०८०” आयोजना हुँदै

चितवन । सदाको वर्षझै यस वर्ष पनि तिजको दिन अर्थात असोज १ गते रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण साकोसको सह आयोजनामा “सेभ अर्पण तिज उत्सब–२०८०” बकुहलरमा रहको सेभ सुपर मार्केटमा हुने भएको छ ।
हरितालिका तिजमा रत्ननगरमा माइतिको आगनी बन्दै आएको सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको सो कार्यक्रममालाई सबैले उत्सबको रुपमा लिने गरेकाले पनि यस वर्षपनि “सेभ अर्पण तिज उत्सब–२०८०” लाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिए ।

कार्यक्रमका संयोजक यमन भुषालले सो कार्यक्रममा राष्ट्रिय कलाकारहरु सम्झना लामिछाने मगर तथा प्रदिप त्रिपाठीको बेजोड प्रस्तुती रहेन जानकारी दिए । उनले तिज उत्सब अन्तर्गत रहेर राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा तिज गित प्रतियोतिा पनि सञ्चालन हुने बताए ।

भुषालले प्रतियोगितामा कुनै पनि बिषय भने नदिइएको बताउदै तिज गितको लयमा आएका जस्तो सुकै गितलाई पनि प्रतियोगितामा सहभागि गराईने बताए । उनले प्रतियोगितामा प्रथम हुने समुहले २०,१०४/-, द्धितिय हुनेले १५,१०४/-, तृतिय हुनेले १०,१०४/-, सान्त्वना स्थान हासिल गर्नेले ५,१०४/- र उत्कृष्ट नृत्य प्रस्तुत गर्ने समुहले ३,१०४/- प्राप्त गर्ने जानकारी दिए ।

तर गित कसैलाई आक्षप र लान्छना लगाउने खालको भने हुन नहुने भुषालको भनाई छ । प्रतियोगितामा सहभागि हुन चाहने समुहले भाद्र ३१ गते बेलुका ५ बजे सम्म रेडियो अर्पणको कार्यालय रत्ननतर–१, बकुलहरमा आएर वा ०५६–५६३३३३, ९८४५३१९५६७ मा फोन गरेर नाम टिपाउन सकिने संयोजक भुषालको भनाई छ ।

संस्थाका बित्त निर्देशक ध्रुवराज लामिछानेले यसपटकको कार्यक्रमको टाइटल स्पोन्सर सेभ सुपर मार्केट र मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि रहेको जानकारी दिए । उनले सो कार्यक्रमको लागि बिभिन्न ब्यवसायीक संस्थाबाट सहयोग प्राप्त भएको जानकारी दिदै सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । लामिछानेले असोज १ गते तिजको दिन हुने कार्यक्रममासहभागी भई सफल बनाईदिन सबैमा आग्रह पनि गरे ।

https://ujyaalonepalnews.com/archives/31065

Previous articleविश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा
Next article६० किलो सुन तस्करी प्रकरणः थप एकजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।