काठमाडौं। साताको सुरुदेखि नै घटेको सेयर बजार मंगलबार १८.५४ अंकले बढेर १ हजार ५१३.८३ मा पुगेको छ । सोमबार उच्च अंकले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक ३.३५ बिन्दुले बढेर ३२४.७८ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ । कूल १ सय ८० कम्पनीको ७२ लाख २ हजार २ सय ३६ कित्ता सेयर ३ अर्ब ४० करोड ४७ लाख ८४ हजार ९ सय ९९ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयरमा वृद्धि भएको छ । व्यापार १०.२८ र लघुवित्त १०४.४ विन्दुले घटेको छ । त्यस्तै, बैंकिङ २४.४, होटल १३.८७, विकास बैंक २२.२१, जलविद्युत् ४.६५, वित्त ७.६९, निर्जीवन बिमा १९६.५१, उत्पादन ५०.८२, अन्य ६.२९, जीवन बिमा २२६.५३ र सामूहिक लगानी कोष ०.३ बिन्दुले बढेको छ ।
कारोबारतर्फ नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ४४ लाख ३९ हजार २ सय ९२ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनएमबी बैंक २३ करोड २२ लाख ३० हजार १ सय ४३, एनआईसी एसिया बैंक १६ करोड ८१ लाख १८ हजार ४ सय ३६, हिमालयन डिस्टिलरी १३ करोड ५ लाख ५१ हजार ३६९, नबिल बैंक ११ करोड ५ लाख ७ हजार ८ सय ४७, एभरेस्ट बैंक ९ करोड ५८ लाख २ हजार ८ सय ६८ र ग्लोबल आईएमई बैंकको ८ करोड ७१ लाख ९३ हजार ७ सय २० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स ९.९२, एभरेस्ट इन्स्योरेन्स ८.८५, युनाइटेड इन्सुरेन्स ७.६७, रिडी हाइड्रोपावर ६.९०, सगरमाथा इन्सुरेन्स ६.८५ नेको इन्स्योरेन्सका सेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै, स्वदेशी लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स ९.९९, स्पर्श लघुवित्त ९.२९, स्वावलम्बन लघुवित्त ८.०८, ग्लोबल आईएमई लघुवित्त ७.७९, जनउत्थान लघुवित्त ७.५५, साना किसान विकास बैंक ६.६९ र सबैको लघुवित्तका सेयरधनीले ६.५५ प्रतिशतले गुमाएका छन् ।
The post नेप्सेमा दोहोरो अंकको वृद्धि appeared first on Rajdhani Daily News.
कतार प्रवेश गर्ने नेपाली भारतीय फिलिपिनो लगायतलाई लाग्यो नयाँ नियम


