प्रचण्डले गरे प्रधानमन्त्री बन्ने संकेत, ओली तनावमा !

काठमाडौं– नेकपाका अध्यक्ष प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण बेला–बेला चर्चामा आइरहन्छन्। खासगरी प्रचण्डले कुनै काम गर्न लागे त्यसको संकेत अघि नै छोड्ने गर्छन्। २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री बन्नु अघि उनले प्रधानमन्त्री पदका लागि मरिहत्तै नगर्ने बताएका थिए। तर, त्यसको केही महिनामै उनी प्रधानमन्त्री बने। अहिले पनि उही पुरानो काहानी दोहोरिएको छ। प्रचण्डले हालै पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको बताए।

‘प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होइन, धेरै कुराको विचार गरेर पार्टी एकता भएको हो’ अध्यक्ष दाहालको भनाइ थियो।

उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए।

अध्यक्ष दाहालले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्‍याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे।

अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको बताए।
प्रचण्डको यो अभिव्यक्तिलाई ०७३ सालमा दिएको अभिव्यक्तिसँग तुलना गरेर हेर्न थालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली माथि अविश्वासको प्रस्ताव पेश गर्न बाटो खुलेसँगै प्रचण्डको दिएको अभिव्यक्तिलाई अर्थपूर्णरुपमा हेरिएको छ।

सतर्कता अपनाउन दोहास्थित नेपाली दूतावासको अपिल

Previous articleजापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण
Next articleपप्पु कन्स्ट्रक्सन ३ वर्षका लागि कालाेसूचीमा, अन्य ५ ठेकेदार पनि परे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।