पूर्वी चीनको कारागारमा फैलियो कोरोना, दुई सय कैदीमा संक्रमण

पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका दुई सय कैदीमा कोरोनाभाइरस संक्रमण देखिएको छ।

सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ कैदीको नमुना परीक्षण गरिएकामा २ सय जनामा कोरोनाभाइरस संक्रमण पाइएको हो।

साथै ७ जना कारागार सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।

सुरुमा त्यहाँका गार्डमा खोकी लाग्ने लगायत लक्षण देखिएका थिए। त्यसपछि सबैको परीक्षण गर्दा उल्लिखित संख्याका कैदी तथा जेलरमा कोरोना संक्रमण देखिएको समाचारमा उल्लेख छ।

कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्यान गइसकेको छ भने ७६ हजार ७ १६ मा कोरोना संक्रमण देखिएको छ।

१८ हजार ४३८ जना भने उपचारपछि स्वस्थ भएको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ।

 

इटालीबाट २६ राष्ट्रमा पुग्यो कोरोना, १ सय ५० को मृत्य हुँदा ३८ सय संक्रमित

Previous articleशिक्षक प्रशासनमा शिक्षक सेवा आयोग
Next articleभोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि स्टेजमै जुत्ता प्रहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।