कोशी प्रदेशमा अध्यादेश जारी भएसँगै बजेट शुन्यताको अवस्था अन्त्य

मोरङ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्नुभएको छ ।

अध्यादेश जारी भएसँगै कोशी प्रदेशमा रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ । गत भाद्र १० गतेसम्म तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो ।

अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी बाटो खुलेको छ । हिक्मत कुमार कार्की नेतृत्वको सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले आर्थिक र विनियोजन अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/31208

Previous articleविपीका नाममा चार दशकदेखि खाली रहेको त्यो कोठा
Next articleप्रधानमन्त्री प्रचण्डद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।