बञ्जारा बन्जाडे समाज चितवनको साधारण सभा

चितवन- वन्जारा वन्जाडे समाज नेपाल चितवन जिल्ला कार्य समितिको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वी चितवनको मनि खोला पार्कमा गत शनिवार तीज विशेष कार्यक्रम सहित समाजले साधारण सभा सम्पन्न गरेको हो ।

चितवनका अध्यक्ष रमेश बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गीता बन्जारा प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि बन्जाराले बन्जाडे र बन्जारा एउटै भएको र २०४८ बाट यसको तथ्याङ्क राख्न शुरु गरिएको र हाल सम्म देशभर करीव ५० हजार रहेको जानकारी दिए ।

देशभरका बन्जाराहरुलाई अझ गोलबन्द गरि एउटा भवन निर्माण गर्ने पनि उहाले बताए। कार्यक्रममा जिल्ला अध्यक्ष रमेश बन्जाराले बंसजलाइ खोजि गरि जिल्लामा हिजो केहि धुरी भएकोमा आज करीव ४० धुरी भई सकेको र अझ कहाँ हुनुहुन्छ खोजेर जोड्नु पर्ने बताए ।

समाजलाइ चलायमान बनाउन हरेक महिना एक दिन भेला गरि आपसि सहयोगको लागि मासिक ५०१ रुपैयाँ जम्मा गरेको पनि जानकारी दिए।

उनले समाजका कुनै पनि सदस्यका छोरा छोरीले एसईई र १२ कक्षामा ए प्लस ल्याउने विद्यार्थीलाइ तथा जेष्ठ नागरिकलाइ सम्मान गर्ने पनि जानकारी दिए ।

साथै यस वर्ष कक्षा १२ मा प्लस ए भन्दा माथि उत्कृष्ट नतिजा ल्याउन सफल रत्ननगर १२ का विरेन्द्र वन्जाराका छोरा आशिष वन्जारालाई सम्मान गरिएको थियो । साथै आशिष बन्जाराले उपस्थित सबैलाइ स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक पूर्ब शिक्षक समेत रहेका लोक नाथ बन्जारालाइ पनि मायाँको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष कमल बन्जाराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सचिव देवी वन्जाराले सन्चालन गरेकी थिइन् ।

https://ujyaalonepalnews.com/archives/31242

Previous articleमाधवपुरमा फुटवल प्रतियोगिता हुँदै
Next articleमकवानपुरमा ७१ केजी गाँजासहित एक जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।