मकवानपुरमा ७१ केजी गाँजासहित एक जना पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले ७१ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नम्बर १ का ३५ बर्षीय गणेश थापा रहेका छन् । उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ९ रजैयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

थापाले प्रयोग गर्ने बा ६ च १८४७ नम्बरको कारको डिक्कीका लुकाई राखेको अवस्थामा ७१ किलो ११५ ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31244

Previous articleबञ्जारा बन्जाडे समाज चितवनको साधारण सभा
Next articleभन्सार छलिको कपडा बरामद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।