सोह्र दिनपछि खदाङमा बेपत्ता मेजरको शव फेला

डोल्पा- सोह्र दिन देखि बेपत्ता रहेका डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ बर्षिया मेजर बिमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ खदाङस्थित भेरी नदीमा फेला परेको छ ।

काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित सम्पर्कविहीन भएको सोह्र दिन पछि पण्डितको शव पत्ता लागेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक रुद्र बहादुर शाहीले जानकारी दिनुभयो ।

शवलाई पोष्टमाडमाका लागि जिल्ला अस्पताल डोल्पा लगिएको उहाँले बताउनुभयो । इभिनिङ् वाक जाने भन्दै भदौ १० गते हतार हतारमा साँझ पख, गुल्म छोडेका मेजरको शव करिब दुई हप्तापछि फेला परेको हो ।

https://ujyaalonepalnews.com/archives/31276

Previous articleप्रतिनिधिसभाको बुधबारको बैठक स्थगित
Next articleनौ सय ६० ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।