मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको निधन

काठमाडौं- मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको आज बिहान निधन भएको छ । सर्लाही निवासी ४५ वर्षीया यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहनुभएको थियो ।

तत्कालीन मधेशी जनअधिकार पार्टीको स्थापना कालदेखि नै राजनीतिमा सक्रिय यादव मधेशी, दलित, आदिवासी, जनजाति एवं महिलाका हक तथा अधिकारका लागि सङ्घर्ष गर्दै आइरहनुभएको थियो ।

उहाँ जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । प्रदेश सभा सदस्य यादवको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनता समाजवादी पार्टीको जनकपुरधामस्थित प्रदेश कार्यालयमा राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/31280

Previous articleनेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा: एमाले
Next articleनेताको नजरमा नेम्वाङ: अप्ठेरो र जटिलता फुकाउने नेता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।