विराटनगर, २४ फागुन । प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनको सेवा सुविधा रोकिएको छ ।
संसद सचिवालयले सेवा सुविधा उपलब्ध उपलब्ध गराउने नगराउने दुविधा भएकोले तत्काललाई दुई महिनादेखि तलब तथा भत्ता रोकेको छ ।
सांसद खातुन सरकारी कागजात छाप किर्ते जालसाजी मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला नै उच्च अदालत विराटनगरले सदर गरेपछि उनी फरार छिन् ।
पक्राउ पर्ने डरले उनी प्रदेशसभा बैठकमा आएकी छैनन् ।
संसद सचिवालयका अनुसार सांसद खातुनको वास्तविक अवस्थाबारे अहिलेसम्म कुनै कुनैपनि निकायबाट जानकारी गराइएको छैन् ।
प्रदेशसभा ऐन २०७४ मा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अभियोग प्रमाणित भएको व्यक्ति सांसद पदका लागि अयोग्य हुने उल्लेख छ । यो समाचार उद्घोष दैनिकमा छ ।
The post सांसद खतुनको सुविधा रोक्का appeared first on Koshi Online.
विदेशबाट फर्किएका नेपालीबाट ४ दिनमै विमानस्थलमा खोसियो ५६ किलो सुन


