मलेसियाविरुद्ध लगातार दुई विकेट लिदैँ सन्दीपले हासिल गरे ऐतिहासिक उपलब्धि

0
66

क्रिकेटर सन्दीप लामिछानेले टि–२० फर्म्याटमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।

एसीसी इस्र्टन रिजन अन्तर्गत सिंगापुरमा अहिले भईरहेको मलेसियाविरुद्धको खेलमा लगातार दुई विकेट लिदैँ सन्दीपले यो उपलब्धि हासिल गरेका हुन्।

सन्दीपले तेस्रो ओभरको दोस्रो बलमा जगजित सिंहलाई आउट गर्दै टि-२० मा सय विकेट पूरा गरेका थिए। यस्तै लगत्तै अर्को बलमा उनले हायात दुरान्नीलाई पनि पवेलियन फर्काउदैँ १०१औं विकेट पूरा गरेका छन्।

टि–२० को पहिलो विकेटका रुपमा सन् २०१८ को इण्डियन प्रिमियर लिग(आइपीएल)मा सन्दीपले दिल्ली डेयरडेभिल्स रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लुको सिकार बनाएका थिए।

त्यसपछि आइपीएल, अष्ट्रेलियाको बिग बास, वेष्टइण्डिजको क्यारेबियन प्रिमियर लिगमा लगातार दुई सिजन खेल्नुका साथै अफगानिस्तान, बंगलादेश, पाकिस्तानमा समेत प्रिमियर लिगसहित राष्ट्रिय टोलीबाट गरि सन्दीपले आफ्नो सय विकेट पूरा गरेका हुन्।

sandeep lamichaney iccसन्दीप लामिछाने। तस्बिर: आइसीसी

सन्दीपले विभिन्न फ्रेन्चाइजी प्रतियोगिताहरुबाट ७१ ट्वान्टी–२० विकेट लिएका छन् भने नेपालबाट अहिलेसम्म १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३० विकेट लिइसकेका छन्।

सन्दीपले अघिल्लो महिना सम्पन्न बिग बास लिगमा सबैभन्दा बढि विकेट लिएका छन्। लगातार दोस्रो सिजन मेलबर्न स्टार्सबाट खेल्दै उनले यस सिजनमा १३ खेलबाट १५ विकेट लिएका छन्। त्यसबाहेक गत सिजनको बिग बास र पाकिस्तान सुपर लिगमा उनले ११–११ विकेट लिएका थिए।

फ्रेन्चाइजी क्रिकेटमा पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरमा १० रनमात्र खर्चेर १० विकेट लिनु सन्दीपको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो।

मलेसियाविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट १८ टि–२० खेल खेल्दै सन्दीपले २९ विकेट(खेल जारी) लिएका छन्। अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्रसम्मिलित प्रतियोगितामा नेदरल्यान्ड्ससँग ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० अन्तराष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन हो।

सन्दीपका सय विकेट
नेपाली राष्ट्रिय टोली – १८ खेल ३० विकेट 
आइपीएल २०१८ – ३ खेल ५ विकेट
आइपीएल २०१९ – ६ खेल ८ विकेट
बिग बास लिग २०१८ – ८ खेल ११ विकेट
बिग बास लिग २०१९ – १३ खेल १५ विकेट
क्यारेबियन प्रिमियर लिग २०१८– ५ खेल ७ विकेट
क्यारेबियन प्रिमियर लिग २०१९ – ६ खेल ८ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१९ – १ खेल २ विकेट
बंगलादेश प्रिमियर लिग २०१९ – ६ खेल ४ विकेट

तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट

Previous articleसर्पदंश उपचार केन्द्रको अनुगमन
Next articleन्यायालयले दिने सेवा सर्वसाधारणलाई मान्य हुनुपर्छ : प्रधानन्यायाधिश शमशेर