३५ बिगाहा जमिन भाडा लिएर सामुहिक फूलखेती

दाङ- तुलसीपुर-१७ बनकट्टीमा नेपाल संस्कृत विश्वविद्यालयको ३५ बिगाहा जग्गा भाडामा लिएर पाँच जना युवाले १६ बिगाहा जग्गामा सामुहिक फूलखेती गरेका छन् । अहिले बेमौसमका लागि छ बिगाहामा तीन लट फूल रोपिएको छ ।

बाँकी दश बिगाहामा सवा एक लाख सयपत्रीका बिरुवा तिहारको लागि रोपिएका छन् । भारतबाट नेपालमा हुने फूल आयातलाई रोक्ने उद्देश्यका साथ सामुहिक फूलखेतीको थालनी गरेको ब्यवसायी बुद्धिराज पौडेलले बताउनु हुन्छ ।

तिहारमा मात्रै कम्तिमा तीन सय क्विन्टल बढी फूल बिक्री गर्ने लक्ष्य लिइएको छ । जिल्लाका अन्य ठाउँमा पनि तिहारको लागि फूलखेती गरिएको छ ।

यो व्यवसायिक फूलखेतीमा विभिन्न क्षेत्रमा अनुभव बटुलेका ब्यक्तिहरू जोडिनु भएको छ । करिब ३५ वर्षसम्म कृषि अनुसन्धान विज्ञमा काम गर्नु भएका खेमराज शर्माले एक-दुई वर्ष पहिले तिहारको समयमा फूलको धेरै अभाव हुँदा करिब सात सय रुपैयाँ किलोसम्म किनेको बताउनु हुन्छ ।

सरकारले पनि पछिल्लो समय प्लाष्टिकजन्य बस्तुलाई निरुत्साहित गरेको हुँदा युवाहरुको यस कार्यलाई राज्यले सहयोग गर्न जरुरी छ । जसले गर्दा बाहिरबाट हुने आयत पनि रोकिने र देशको पैसा देश मै रहन्थ्यो की ?

https://ujyaalonepalnews.com/archives/31338

Previous articleपाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा, भारतसँग उपाधि भिडन्त
Next articleबालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।