कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरु पनि आन्दोलनमा

जुम्ला- जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प छ । डाक्टरहरु भने अस्पतालबाहिर आन्दोलित छन् ।

डाक्टरमाथि कुटपिट भएको विषयलाई लिएर देशभरका अस्पताल बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना डाक्टरमाथि कुटपिट भएपछि देशभरका चिकित्सक, स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरुलाई काम गर्ने वातावरण नभएका र सुरक्षित महसुस नहुने भएको हुनाले आन्दोलनमा उत्रिनु परेको नेपाल चिकित्सक संघ जुम्लाका उप सभापति डा. कमल थानीले बताउनु भयो।

उहाका अनुसार विरोधका कार्यक्रमहरु केन्द्रीय कार्यालयले तोके बमोजिम हुनेछन्। ‘बिरामी बाँचुन्जेल ठिक र बिरामी निको हुन नसक्ने अवस्था वा तलमाथि हुँदा डाक्टर कुट्ने चलनले हामीलाई सेवा बन्द गर्न बाध्य बनाएको हो,’ उहाले भन्नु भयो, ‘हामीले हाम्रो सुरक्षा होस् र कार्य वातावरण बनोस भनेर अस्पताल बन्द गर्नु परेको हो।’

चिकित्सक, स्वास्थ्यकर्मीहरुले हामी भगवान होइनौं, केवल इमान्दार प्रयास मात्र गर्न सक्छौं, जेल विथ आउट बेला, जष्टिस फर डा. विकास जस्ता प्लेकार्ड बोकेर डाक्टरहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

https://ujyaalonepalnews.com/archives/31386

Previous articleराष्ट्रपति पौडेलद्वारा स्व नेम्वाङका परिवारजनमा समवेदना व्यक्त
Next articleविराटनगरका केही क्षेत्रमा भोलिदेखि दुई महिनासम्म निषेधाज्ञा जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।