विराटनगरका केही क्षेत्रमा भोलिदेखि दुई महिनासम्म निषेधाज्ञा जारी

मोहन मानन्धर, विराटनगर

मोरङ- विराटनगरमा हुन सक्ने आन्दोलन र विरोध कार्यक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेकेा छ ।

आइतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गते बिहान ६ बजे देखि २ महिना सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

विराटनगरको प्रदेश सभा भवन रहेको देवकोटा चोक देखि पश्चिममा अस्पताल चोक सम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको रोडशेष चोक देखि जतुवा सम्म, मुख्यमन्त्री निवास रहेको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय रहेको क्षेत्र र जिल्ला प्रशासन कार्यालय रहेको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

सो क्षेत्रमा र्सवसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, र्‍याली, भेला र धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/31387

Previous articleकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरु पनि आन्दोलनमा
Next articleरेसुङ्गामा गरुड देवताको मूर्ति राखियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।