लेखा अधिकृत कार्कीविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेपछि रकम भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिएको आयोगले आरोप लगाएको छ। लेखाअधिकृत कार्कीविरुद्ध घुस रकमबराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

यसैगरी धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि रु दुई हजार घुस लिएको आरोपमा आयोगले रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ। धरौटी रकम फिर्ता गर्ने क्रममा निजहरुले सेवाग्राहीसँग दुई हजार घुस लिएको आयोगले आरोप लगाएको छ। रासस

नब्बे छात्राले पाए साइकल

Previous article‘र्यापर’ साकार झापामा पक्राउ
Next articleनगरपालिकाले घर भत्काउँदा झडप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।