मौलाकाली केवलकारको Wednesday Offer; मर्मतसम्भार सकियो, अब नियमित संचालन हुने

0
56

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित Wednesday Offer ल्याएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।

ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए ।

हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु. २७५ मै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् ।

यसैबीच गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब आश्विन १ गतेदेखि केवलकार पूर्ववत समय तालिका अनुसार नै संचालन हुने पौडेलले बताए

जस अनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५:३० बजेदेखि संचालन हुनेछ ।

https://www.ujyaalonepalnews.com/archives/31405

Previous articleदाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !
Next article