चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजागर हुनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजार हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय तीज मनाउने क्रममा संस्कृतिको संरक्षणभन्दा पनि भड्किलो प्रस्तुति देखिएको टिप्पणी गर्दै उहाँले चाडपर्वलाई सहज तुल्याउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तीज मनाउनेभन्दा पनि देखाउने भएको छ । होटल तथा भड्किलो तरिकाले मनाइने तीजले समाजलाई गलत सन्देश प्रवाह गर्नुका साथै संस्कृति संरक्षणमा टेवा पुर्‍याउन सकेको छैन ।”

https://ujyaalonepalnews.com/archives/31487

Previous articleराष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० कैदीको बाँकी कैद माफी मिनाहा
Next articleराष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।