राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० कैदीको बाँकी कैद माफी मिनाहा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/31486

Previous articleआज संविधान दिवस
Next articleचाडपर्वमार्फत सांस्कृतिक पक्ष उजागर हुनुपर्छ: मन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।