राजस्व अनुसन्धान कार्यालय इटहरीद्वारा कल्याण टेड्रसमा छापा

सिरहा- राजस्व अनुसन्धान कार्यालय इटहरीले मिर्चैयाको संस्था चोकमा रहेको कल्याण टेड्रसमा छापा मारेको छ ।

कर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागको टोलीले कल्याण टेड्रसमा छापा मारेको हो । विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै कल्याण टेड्रसमा छानबिन सुरु गरेको छ ।

‘उजुरीका आधारमा हामीले कल्याण टेड्रसमा आवश्यक कागजात नियन्त्रणमा लिएका हौं,’ विभागका एक अधिकारीले भने, ‘अनुसन्धान जारी रहेकाले कति कर छली भयो भन्न सकिन्न ।’

डिजिटलरुपमा तयार गरिएका खरिद खाता, बिक्री खाता, बिल बिजक, स्टक सम्बन्धी विवरण नियन्त्रणमा लिएका छौं,’ विभागका एक अधिकारीले भने, ‘कल्याण टेड्रसमा विगतदेखि कर कार्यालयमा बुझाएको विवरण र उसको सिष्टममा भएको विवरण मिलान गर्दै हामी अनुसन्धान गरिरहेका छौं ।’

कल्याण टेड्रसमा सञ्चालक मुरारी साह हुन् । उनी सिरहा कै ठुलो कपडा पसलका थोक बिक्रेता हुन् । उनी हिजो राती घर बाहिर भएको कारणले रातभरि प्रहरी निगरानी गरेको थियो ।

आज साहु मुरारी साह घर आएपछी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यलय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/31541

Previous articleनिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत
Next articleश्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।