Home Uncategorized म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ ।

बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ ।

यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो ।

म्यान्मार र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिन्छ ।

नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्का र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (सार्क) का सदस्य राष्ट्रहरू म्यानमाबाट भिसा छुटका लागि योग्य छन् ।

होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिसारहित प्रवेश र आगमनमा भिसालगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताउनुभयो । पर्यटन मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो आठ महिनामा म्यानमामा सात लाख ५१ हजार २१६ विदेशी पर्यटक भित्रिएका बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/31558

Previous articleप्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक
Next articleहेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।