मुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट

मुगु- मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराती आगलागी हुँदा आठवटा घर जलेर नष्ट भएका छन् । नरेश शाहीको कम्प्युटर पसल रहेको घरबाट सुरु भएको आगलागीबाट प्रदिप रावल, जंग ऐडी, गगन शाही, पुतली शाही, जंग बुढा, तार्के लामासहितका घर जलेर नष्ट भएका हुन् ।

राती अकस्मात लागेको आगोबाट करोडौ सम्पती नष्ट हुनुका साथै मानविय क्षती बारे यकिन हुन सकेको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र बजारवासी खटिएपनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट नष्ट भएका घरहरुमा थुप्रै मानिसहरुका पसल गोदाम र डेरा भएकाले ग्याँस सिलिन्डर पड्केर आगो नियन्त्रण गर्न निकै कठिन भएको थियो ।

आगलागिबाट करोडौ मुल्यको धनमाल नष्ट हुनुका साथै घरधनी र डेरा गरी बस्नेहरु विस्थापित भएका छन् । गमगढी बजारमा गएका तीनबर्ष यता पटक पटक आगलागी हुँदा समेत यसबाट सचेत हुन स्थानीयले होसियारी नअपनाएको र आगलागी नियन्त्रण गर्न स्थानीय सरकार लगाएतका निकायहरुले कुनै व्यवस्था नगरेको बजारवासीको दुखेसो छ ।

सल्लाको काठबाट बनाईएका घरहरु छिट्टै आगलागीबाट नष्ट हुने भएकाले गमगढी बजार आगलागीको उच्च जोखिममा रहेको देखिन्छ ।

 

https://ujyaalonepalnews.com/archives/31581

Previous articleराष्ट्रपति पौडेल आज पहिलो पटक गृह जिल्ला आउँदै
Next article१९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।