Home Uncategorized १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

१९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

काठमाडौं- चीनको हाङ्झाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । आजदेखि असोज २१ गतेसम्म आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् नेपालबाट पहिलोपटक यति ठूलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुन लागेका हुन् । यो एशियाडमा इतिहासकै धेरै खेलाडीहरुले पनि सहभागीता जनाउदै छन् ।

१९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता हुन् ।

यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागिता जनाउनु हुने कार्यक्रम छ ।

उद्घाटन समारोह सुरु नहुँदै पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबल सुरु भइसकेका छन् । नेपाली समय अनुसार आज राती पौने ८ बजे सुरु हुने उद्घाटन समारोह हाङ्झाउ ओलम्पिक सेन्टरमा दुइ घण्टा चल्नेछ ।

https://ujyaalonepalnews.com/archives/31582

Previous articleमुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट
Next articleकुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।