पिठुवा गरिबी निवारण सहकारीको भवन सिलान्यास

उज्यालो नेपाल –  रत्ननगरको वडा नं. १६ पिठुवामा रहेको पिठुवा गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाको भवन सिलान्यास गरिएको छ । भवनको आज (शनिवार) एक कार्यक्रमका बिच  प्रदेशसभा सांसद कृष्ण प्रसाद खनालले सिलान्यास गरे ।

भवन सिलान्यास गर्दै सांसद खनालले कृषि तथा पशु क्षेत्रको विकासका लागि सहकारीले अभियान सञ्चालन गर्नुपर्ने बताए । सहकारीको विकासका लागि आफु सधैं तत्पर रहेको उल्लेख गर्दै खनालले निर्माण हुने भवनको लागी बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

४५ लाखको अनुमानित लागतमा बन्ने ४ कोठे भवनको लागी वडा नं. १५ ले चालु वर्षको बजेट बाट २.५ लाख र प्रदेश सरकार बाट २० लाख प्राप्त भएको संस्थाका अध्यक्ष दिनेश घलानले जानकारी दिए । निर्माणको क्रममा नपुग रकम संस्थाले लगानी गर्ने उनले उल्लेख गरे । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घलानले अर्थतन्त्रको खम्बामध्ये सहकारी संस्था पनि एक खम्बा भएकाले दिगो विकासको लक्ष्य प्राप्त गर्न सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताए ।

साबिक पिठुवा गाविस हाल रत्ननगरको वडा नं. १४,१५ र १६ कार्यक्षेत्र रहेको सहकारीले वडा नं. १५ मा भवन निर्माण गर्न लागेको हो । तिन वर्ष अगाडी झन्डै २१ लाखको लागतमा खरिद गरिएको साढे १३ धुर जग्गामा भवन निर्माण हुनेछ ।

वि.सं. २०६८ सालमा स्थापना भएको सहकारी स्थापनाको सुरुवात देखि नै भाडामा कार्यालय संचालन गरिदै आएको छ । झन्डै १५०० जना शेयर सदस्य भएको सहकारी भाडाको साँघुरो कार्यालयबाट सेवाप्रदान गर्नुपर्दा आफुहरुले अनेकौं समस्या भोगिरहेको सहकारीका व्यवस्थापक सुलोचना खनाल तिवारीले बताईन् ।

शिलान्यास कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष आशिक तामांग, वडासदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सहकारीका सल्लाहकार समिति, लेखा समिति, निर्वाचन समिति सदस्यहरु, शेयर सदस्य लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्था कि सचिव कोपिला पौडेलले संचालन गरेकी थिईन् ।

 

https://ujyaalonepalnews.com/archives/31591

Previous articleगायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै
Next articleदाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।