महिलाहरु सामुहिक फूल खेतीमा रम्दै (फोटो फिचर)

चितवन- घर भान्साको काम हुँदा घर भान्सामा, नत्र गफिएर बस्ने भरतपुर महानगरपालिका-८ पाण्डे घुम्ती आसपासकाका महिलाहरु आजभोली नयाँ योजना बनाइरहेका भेटिन्छन् ।

कामकाजी महिलाहरुबाट पनि केही गर्न सकिन्छ कि भनेर सक्रिय बनेका बिसहजारी सामाजिक उद्यमी महिला सहकारीको कृषी उद्यमी महिला समुह बनाउँदै अगाडी बढेका महिलाहरुले कृषिका क्षेत्रमा मनग्गै ज्ञान हासिल मात्रै गरेका छैनन् उद्यमी समेत बनेका छन् ।

कृषि प्रयोजन, फलफूल खेती तथा अन्नबाली लगाउने भनेरै उद्यमी महिला समुह बनाएका उनीहरुले पहिलो बर्ष सयपत्री फूल लगाएर निकै राम्रो आम्दानी गर्नेमा आशावादी देखिएका छन् ।

https://ujyaalonepalnews.com/archives/32824

Previous articleभरतपुर महानगरपालिकामा ‘महानगरीय रिङरोड’ बनाउने अभियान तीव्र
Next articleविश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।