आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप

काठमाडौं । काठमाडौँको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ ।

सोमबार बिहान भएको झडपमा अनेरास्ववियूको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ ।

यसैगरी नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ ।

The post आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप appeared first on Rajdhani Daily News.

कोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?

Previous articleआविष्कार केन्द्रमा बाँदर भगाउने मेसिनदेखि मेडिकल ड्राेनसम्म, ४७ प्राेजेक्टमा काम हुँदै
Next articleकांग्रेस संसदीय दलमा श्रद्धाञ्जली सभा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।