गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्वर–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवी नकिशोर प्रधानले बताउनुभयो ।

पहिरोमा परी रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । घाइते दुई जना सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31675

Previous articleईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने
Next articleभाइरल ज्वरोले दुईको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।