मेट्स इन्टरनेशनल चितवनले “अष्ट्रेलिया क्यानडा इन्फो डे” आयोजना गर्दै ।

१० आश्विन, चितवन । बिगत १५ वर्ष देखी शैक्षिक परामर्शको क्षेत्रमा निरन्तररुपमा सन्चालन हुँदै आइरहेको शहीदचोक,नारायणगढ स्थित मेट्स इन्टरनेशनल एण्ड भिसा सर्भिसेजले यही सेप्टेम्बर २९ तारिख अर्थात आश्विन १२ गते शुक्रबारका दिन “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रमको आयोजना गर्दै छ ।

उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थी तथा अभिभावकहरुका लागी लक्षित गरी आयोजना गर्न लागिएको सो कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका बिभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिती रहने जानकारी बैदेशिक शिक्षाको लागि सहयात्री बन्दै आइरहेको मेट्स इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी गराउनु भयो ।

सो कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका युनिभर्सिटी, कलेजहरुमा अध्ययन गर्ने बिषय, छात्रबृति तथा उपलब्ध सेवाका बारेमा प्रतिनिधिहरु सङग प्रत्यक्ष रुपमा परामर्श लीन सकिनेछ। साथै सो दिन उपस्थित हुने बिद्यार्थी हरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्यशाली बिद्यार्थीहरुले गायक सबिन राईको कन्सर्टको टिकट समेत प्राप्त गर्न सक्नेछन्।

अत्याधुनिक कम्प्युटर ल्याब, दक्ष प्रशिक्षक, उचित शैक्षिक परामर्शदाताको कारण मेट्स इन्टरनेशनलले आफ्नो छुट्टै परिचय निर्माण गरेको छ । धेरैजसो बिद्यार्थीहरुको पहिलो रोजाइ बनेको मेट्स इन्टरनेशनलले हाल पिटिई र आइइएलटिएस कक्षा सन्चालन साथै युके, अष्ट्रेलिया र क्यानडाको लागी उचित परामर्श दिदै आइरहेको छ ।

वि.स. २०६४ सालमा काठमाडौंको पुतलिसडकमा मुख्य कार्यालय स्थापना गरि आफ्नो सेवा शुभारम्भ गरेको मेट्सले चितवनमा २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शाखा स्थापना गरेको थियो। मेट्स ईन्टरनेसनलले गुणस्तरीयताको लागि बिद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि बिश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका साथै छात्रबृतिका बारेमा सहि तथा तथ्यपरक परामर्श दिदै आएको छ।

हालसम्म मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले नेपाल, भारत, अष्ट्रेलिया र फिलिपिन्स गरि २१ स्थानमा आफ्नो ब्यवसायिक संजाल बिस्तार गरि बिधार्थीहरुलाई सेवा दिदैआईरहेको छ ।

https://ujyaalonepalnews.com/archives/31755

Previous articleकोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित
Next articleगाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।