Home Uncategorized विहिबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन उपत्यका ट्राफिको आग्रह

विहिबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन उपत्यका ट्राफिको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन  आग्रह गरेको छ ।

भोलि उत्यकामा विभिन्न समूहद्वारा र्‍याली जुलुस तथा विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकाले अतिआवश्यक काममा मात्र सवारी साधान लिएर निस्कन अनुरोध गरेको हो ।

यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ एम।९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।

सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/33322

Previous articleस्थानीय सरकारमाथि शासन गर्ने इच्छा मसँग छैन : मुख्यमन्त्री पाण्डे
Next articleमाओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।