दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखा- दोलखाको सिंगटी बजारबाट प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुनसहित तीन जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो ।

https://ujyaalonepalnews.com/archives/31786

Previous articleधार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार: प्रधानमन्त्री दाहाल
Next articleराहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।