अस्वस्थकर खाना खुवाउने चितवनको एभरेष्ट होटल एण्ड क्याफेमा सिल

चितवन, असोज १२- सरसफाईमा गम्भिर लापरबाही गर्ने इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित एभरेष्ट होटल सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत सन्तोष ढकालको नेतृत्वमा बिहीबार साँझ गएको अनुगमन टोलीले होटल सिल गरेको हो ।

अस्वस्थकर खाना खुवाउने इच्छाकामनाको एभरेष्ट होटलमा सिल 2सेवाग्राहीको उजुरी परेपछि अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए । तीन दिनभित्र होटल पूर्ण रुपमा सरसफाई कायम गर्न निर्देशन दिइएको उनले बताए ।

अस्वस्थकर खाना खुवाउने इच्छाकामनाको एभरेष्ट होटलमा अनुगमनका क्रममा एभरेष्ट होटलले खानेकुरा राम्रोसंग भणडार नगरेको, बासी खानेकुराहरु बेच्नको लागि राखेको, काम नगर्ने बिग्रेको फ्रीजमा खानेकुरा राखेको, खाना पकाउने भान्सा मापदण्ड अनुसार नभएको, भान्साको सरसफाइ राम्रो नभएको, खाना पकाउने तेलको गुणस्तर राम्रो नभएको र प्रयोग नभएको मासुलाई बोराले छोपेर राखेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरवाही गरेको अधिकारीले बताए ।

अस्वस्थकर खाना खुवाउने इच्छाकामनाको एभरेष्ट होटलमा सिल 4सरसफाईका मापदण्ड पुरा भएपछि मात्रै होटल सञ्चालन गर्न दिइने विभागले जनाएको छ । अनुगमनमा गाउँपालिकाका प्रतिनिधि, नेपाल प्रहरी लगायतको उपस्थिती थियो ।

फ्री भिषा फ्री टिकटमा युएई जाने मौका !! पुरा विवरण हेर्न तल क्लिक गर्नुहोला !

Free Visa Free Ticket Jobs in Dubai for Nepali 2023

https://ujyaalonepalnews.com/archives/31813

Previous articleरविले भन्छन् –पुराना दलले मिसन ८४ भनेको फिटिक्कै सुहाएन, चार वर्ष काम गरेर देखाउनुस्
Next articleबागलुङमा दोवाको निउरो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।