रविले भन्छन् –पुराना दलले मिसन ८४ भनेको फिटिक्कै सुहाएन, चार वर्ष काम गरेर देखाउनुस्

असोज १२– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरुले मिसन ८४ भनेको फिटिक्कै नसुहाएको बताएका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेख्दै रास्वपा बाहेकको सहमतिय सरकार बनाएर बाँकी चार वर्ष काम गरेर देखाउन चुनौती दिए । २०८४ को चुनाव आउनुअघि नै मिलेर काम गर्न र २०८४ को चुनावमा आफ्नो जमानत जफत गरेर देखाउन पनि उनले चुनौती दिए ।

उनले यसरी लेखेका छन्–

सम्पुर्ण पुराना दलहरुलाई अपिल,

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।

तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त । मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त ११ केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१, मिशन८२, मिशन ८३ छदै छ त । यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४र४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४र४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।

फ्री भिषा फ्री टिकटमा युएई जाने मौका !! पुरा विवरण हेर्न तल क्लिक गर्नुहोला !

Free Visa Free Ticket Jobs in Dubai for Nepali 2023

https://ujyaalonepalnews.com/archives/31810

Previous articleगुल्मीका ग्रामीण क्षेत्रका सडक मर्मत गर्न जिल्ला प्रशासनको निर्देशन
Next articleअस्वस्थकर खाना खुवाउने चितवनको एभरेष्ट होटल एण्ड क्याफेमा सिल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।