दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते

दैलेख । सोमबार बिहान ५ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी रहेका छन् ।

सडक विभाग अन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारा भन्ने ठाउँमा डोजर दुर्घटना भएको हो । अँध्यारो समयमा सडक खन्दा चिप्लियर सडक भन्दा करिब २० मिटर तल एउटा रुखमा अड्किएको प्रहरी चौकी ठाटिकाँधले जनाएको छ ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरी चौकी ठाटीकाँधका प्रहरी सहायक निरिक्षक रत्न खड्काले बताए । डोजर नयाँ भएकोले नम्बर प्लेट राखिएको छैन, खड्काले बताए ।

The post दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते appeared first on Rajdhani Daily News.

कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

Previous articleचीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु
Next articleहेटौँडा –धुलिखेल विद्युतिय बस सञ्चालन हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।