भिडियो हेर्नुहोस्
बिर्तामोड, असोज १२ । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो ।

फ्री भिषा फ्री टिकटमा युएई जाने मौका !! पुरा विवरण हेर्न तल क्लिक गर्नुहोला !
Free Visa Free Ticket Jobs in Dubai for Nepali 2023
बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो । स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ ।
पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ । यसअघि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरु निरौला, माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो ।
बस्नेतको जिम्मेवारी खोसियो
झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।
नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए । ‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं ।’
घटना कार्यालय, कार्यालय समयमा नभएको भन्दै उनले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताए । उनले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् भन्ने पनि जानकारी नभएको बताए । ‘यदि कार्यालयकै कर्मचारी रहेछन् भने सम्बन्धितलाई पनि कारबाही हुन्छ,’ उनले भने । उनले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताए ।
https://ujyaalonepalnews.com/archives/31829


