मेटसले गर्यो “इन्फो डे” एजुकेशन फेयर कार्यक्रम ।

१२, असोज चितवन- बिगत १५ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर सन्चालन हुदै आइरहेको शहीदचोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा

प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्यशाली बिद्यार्थीहरुलाई गायक सबिन राईको कन्सर्टको टिकट समेत प्रदान गरिएको थियो। अष्ट्रेलिया तथा क्यानडाको युनिभर्सिटी तथा कलेज, तह, बिषय, शुल्क एवम छात्रबृत्तिको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

मेट्स इन्टरनेशनल चितवनका प्रमुख प्रकाश पौडेलले युके, अष्ट्रेलिया तथा क्यानडा जान चाहने प्लस टु, ब्याचलर तथा मास्टर्स गरेका बिद्यार्थीहरुका लागि सहज ढङ्गमा काउन्सिलिङ, डकुमेन्टेशन र प्रोसेसिङ्गको कार्य गर्दै आइरहेको र भिसा आवेदनमा बिद्यार्थीहरुको उपलब्धिमुलक नतिजा प्राप्त भैरहेको बताउनु भयो।

https://ujyaalonepalnews.com/archives/31832

Previous articleस्वास्थ्य शाखा प्रमुखको जंगलमा ‘डेटिङ’, श्रीमतीले जंगलमै लछारिन्
Next articleजडिबुटीस्थित अरनिको बसपार्क नभत्काउन आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।