तेक्वान्दो खेलाडी उमर र मेलिनाको वास्तविक प्रेम कहानीमा आधारित “मनको धनी” गीत सार्वजनिक

चितवन- चितवनका दुई चर्चीत तेक्वान्दो खेलाडी उमर खाना र मेलिना पन्तको वास्तविक प्रेम कहानीमा आधारित मनको धनी गीत सार्वजनिक भएको छ ।

यी प्रेम जोडी खेलमा मात्र होईन् अभिनयमा समेत अब्बल रहेको गीतको भिडियोमा देख्न पाईन्छ । हिन्दु र मुस्लिम धर्मबीच प्रेममा देखिने समस्यालाई गीतका माध्यमबाट चर्चीत संगीतकार अर्जुन पोखरेलको आफ्नै शब्द, संगीत र निर्देशन गर्नुभएको छ ।

दुई फरक धर्म मान्ने परिवारले स्वीकार नगरेपछि उनीहरुबाट जन्मिएको सन्तानले धर्मप्रति राखेको प्रश्न साँच्चै सुन्दर पक्ष रहेको छ । गीतमा चितवनका युवा पत्रकार राजेन्द्र आचार्यले समेत छोटो अभिनय गरेका छन् ।

चितवनको रत्ननगर निवासी चर्चीत संगीतकार पोखरेल अब संगीतामा मात्रै होईन् निर्देशनमा समेत अब्बल सावित बन्दै चितवनका मनोरम दृश्यलाई कैद गर्न सफल देखिएका छन् ।

पर्यटकीय नगरी सौराहादेखि उपरदङगढीसम्मको दृश्य गीतको भिडियोमा देख्न सकिन्छ । गीतमा गायिका दुर्गा खरेल, गायक साईराज खाती र गायिका अनुजा कडरियाको स्वर रहेको छ ।

आफुले धर्म, जात र धनसम्पत्ति भन्दा माथि मानवता भन्ने भाव देखाउन गीतको रचना गर्दै भिडियोमार्फत वास्तविक काहानी प्रस्तुत गरेको पोखरेलको भनाई छ ।

गीतको छायांकन नवराज उप्रेती र सम्पादन विकास दाहालको रहेको छ भने भिडयो डिभाईन म्यूजिकको युटयुब ज्यानलमार्फत सार्वजनिक गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/31859

Previous articleरहेनन् ओखलढुङ्गा जिसस प्रमुख खनाल
Next articleप्रतिनिधिसभाको बैठक आज बस्दैः विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।