प्रतिनिधिसभाको बैठक आज बस्दैः विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची

काठमाडौं- करिब दुई सातापछि प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८०” पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि “विद्यालय शिक्षा विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ । विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै विवाद भएको थियो ।

शिक्षकहरू आन्दोलित भएपछि सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो । तर क्षेत्राधिकार विवादले सुन तस्करी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको उच्चस्तरीय आयोग गठनमा ढिलाइ हुँदा भने प्रतिनिधिसभाको आजको बैठक प्रभावित हुने देखिएको छ ।

https://ujyaalonepalnews.com/archives/31860

Previous articleतेक्वान्दो खेलाडी उमर र मेलिनाको वास्तविक प्रेम कहानीमा आधारित “मनको धनी” गीत सार्वजनिक
Next articleज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोतः राष्ट्रपति पौडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।