ब्रेन ट्युमरले १५ वर्षीय बालकलाकारको निधन

एजेन्सी । १५ वर्षिय बाल कलाकार निकिता पर्ल वेलिग्वाको ब्रेन ट्युमरको कारण निधन भएको छ । अंग्रेजी फिल्म ‘क्वीन अफ काटवे’ कि नायिका सन २०१६ देखि ब्रेन ट्युमरबाट ग्रष्त थिइन् । पहिलो चरणको अप्रेशन सफल भएको थियो । सन २०१९ मा गरिएको दोस्रो अप्रेशन सफल हुन सकेन । उनी ग्याजा हाई स्कुलकी विद्यार्थी थिइन् ।

भेराईटी डटकमका अनुसार निर्देशक मिरा नायरले सुटिङको क्रममा वेलिग्वाको उपचारमा सहयोग गर्न फण्ड जुटाएकी थिइन् । निकिताले फिल्ममा ग्लोरिया नामको पात्रको भुमिका निर्वाह गरेकी थिइन् ।

उक्त फिल्म म्युत्सीकाे जीन्दगीको कहानी थियो, जो युगाण्डाको प्रसिद्ध एवं सफल शतरञ्ज खेलाडी मानिन्थे । म्युत्सीले तीन पटक वीमेन जुनियर च्याम्पियन जितेकी थिइन् ।

The post ब्रेन ट्युमरले १५ वर्षीय बालकलाकारको निधन appeared first on Rajdhani Daily News.

देशमा परिवर्तनको घन्टी बज्नुपर्छ: सभापति लामिछाने

Previous articleपानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा कोरोनाको सङ्क्रमण
Next articleचितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।