बझाङ केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प, डोटीमा विद्यालयमा क्षति

दिपायल- बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४० मिनेटमा पहिलो भूकम्प गएको हो । त्यस लगत्तै ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । भूकम्पबाट के कस्तो क्षति भयो भन्ने बिवरण प्राप्त भएको छैन । भूकम्पको धक्का पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाँउ स्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ भने डोटीकै बडिकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको शिबजि आधारभुत बिधायलको भवनमा समेत क्षति पुगेको छ ।

https://ujyaalonepalnews.com/archives/31913

Previous articleभूकम्पपछि अस्पताल बाहिर सुत्केरीको नर्मल ‘डेलिभरी’
Next articleओभरलोड बोक्ने ५० वटा टिपर कारबाहीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।