अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २५ देशका प्रतिनिधि आउने

सरकारले तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु गरेको छ।

आगामी वैशाख १९ देखि २५ गतेसम्म भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीको सुरुवात गरेको हो। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति गठन गरेको हो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले अन्तर्राष्ट्रिय सम्मेलन ब्यवस्थापन उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, वृक्षारोपण तथा सरसफाई उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमिति लगायतका विभिन्न १७ वटा उपसमितिहरु गठन गरिएको बताए। उनले बैशाख १९ देखि २५ गते सम्म सप्ताहब्यापि कार्यक्रमहरु सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने बताए।

सम्मेलनमा स्थानीय नगरपालिकाहरुको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्वशान्ति र्‍यारी आयोजना गरिने मन्त्री भट्टराईले बताए।

सम्मेलनमा करिब २५ देशका ३२ राज्यका प्रनिधिहरुलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए। यसबाहेक विश्वभरका बौद्धधर्मसँग सम्बन्धित संघसंस्था तथा प्रतिष्ठानहरु, बौद्ध विद्धान धर्मगुरु तथा ब्यक्तिहरुले पनि सम्मेलनमा सहभागिता जनाउने छन्।

त्यस्तै खर्च र व्यवस्थापनका लागि ‘कार्य सम्पादन तथा आर्थिक कार्यविधि २०७६’ निर्माण भइसकेको समेत उनले बताए। सम्मेलनका लागि सरकार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन वोर्ड, भ्रमण वर्ष सचिवालय र व्यक्तिगत तथा संस्थागत तवरबाट बजेटको व्यवस्थापन हुने सेमत मन्त्री भट्टराईले बताए।

आज ?फाल्गुन १९ गते सोमबार तपाइको आजको राशिफल यस्तो छ।

Previous articleमहराले कसरी बिताए थुनाका १३५ दिन?
Next articleनेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।