जिल्ला प्रहरी कार्यालय काभ्रेमा ‘स्मार्ट कन्ट्रोल रुम’

0
62

काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन मद्दत पुर्‍याउन ‘स्मार्ट कन्ट्रोल रुम’ सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले प्रविधिमैत्री कार्यले नागरिकलाई सहज सेवा उपलब्ध गराउन मद्दत पुर्‍याउन शान्ति सुरक्षालाई थप मजबुत बनाउन प्रविधिमैत्री सेवा सहयोगी बन्न र थोरै जनशक्तिबाट धेरै कार्य गर्नुपर्ने अवस्थालाई प्रविधिमैत्री सेवाले सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले अनुसन्धानमा खटिने प्रहरीलाई सशक्त बनाउन यो एपले थप सहयोग पुग्ने बताउनु हुँदै प्रहरीको सहयोग जसलाई चाहिएको छ उसले दिएको सूचनाका आधारमा तत्कालै प्रहरी परिचालन गर्न अर्थात् प्रहरी तत्काल स्थानमा पुग्न एपको प्रयोग महत्त्वपूर्ण हुने बताउनु भयो ।

स्मार्ट कन्ट्रोल रुमको प्रयोगका लागि कल ट्रान्सफर र एसएमएसको प्रयोग गर्न सकिनेछ । कन्ट्रोल रुममा प्राप्त भएका सूचनालाई सञ्चार हुँदै सिस्टममा पठाएपछि स्वतः अनुकुलतामा प्रहरी परिचालन हुनेछ भने प्रहरीलाई प्राप्त भएका सबै सूचनाहरुको अभिलेख रहनेछ ।

सूचना दिनेले पनि आफूले दिएको सूचनाको कार्यान्वयनका बारेमा तीन वर्षसम्मको अभिलेख हेर्न सक्नेछ । उक्त एपमा जिल्लामा हुने महत्त्वपूर्ण घटना तथा कार्यक्रमका बारेमा नियमित सूचना पनि प्राप्त हुनेछ ।

सर्वसाधारण र प्रहरी स्वयमका लागि पनि एप अपराध न्यूनीकरण र प्रहरीको सेवा प्राप्तिका लागि सहज हुने प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।

https://www.ujyaalonepalnews.com/archives/31934

Previous articleनेपालगञ्जमा आज पनि कर्फ्यु जारीः सामाजिक, धार्मिक सद्‍भाव कायम राख्न आग्रह
Next articleधार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियता