सिरहाका व्यापारी आन्दोलित

सिरहा- सिरहाको गोलबजारका स्थानीय व्यापारीहरुले बजार अनुगमनको नाममा व्यापारीहरुलाई जथाभावी फाइन काटेको भन्दै आन्दोलित भएका छन् । उनीहरुले विरोधस्वरुप पूर्व पश्चिम राजमार्ग खण्ड अन्तर्गत गोलबजारमा एक घण्टा चक्का जाम गरेका छन् भने बजार पूर्ण रुपमा ठप्प पारेका छन् ।

स्थानीय व्यापारीहरुले उद्योग वाणिज्य संघलाई जानकारी नै नगराई अनुगमन गरी जथाभावी फाइन काटेको रकम अनुगमनको अगुवाई गरेका गोलबजार नगरपालिकाका उपप्रमुख मन्ती साहले व्यहोर्नुपर्ने माग गर्दै अन्यथा गोलबजार नगरपालिका विरुद्ध चरणवद्ध आन्दोलन गरिने जनाएका छन् ।

शान्तिपूर्ण रुपमा बजार अनुगमनको क्रममा गोलबजारस्थित अमन स्वीट्स पसलमा जाँदा आफूहरुमाथि ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पुर्‍याएको घरेलु उद्योग तथा साना उद्योग कार्यालय लहानका उद्योग अधिकृत दिपेन्द्र कुमार यादवले बताउनुभयो ।

नियमित बजार अनुगमनको क्रममा आफूहरुमाथि भएको घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कार्वाहीको माग समेत अनुगमन टोलीले गरेका छन् ।

बजार अनुगमन टोलीमा गोलबजार नगरपालिकाका उपप्रमुख मन्ती साह, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालयका प्रतिनिधि लगायतका रहेका थिए ।

https://ujyaalonepalnews.com/archives/31957

Previous articleपाल्पामा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध
Next articleएमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।