इटहरी / कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुँदैछ। यसअघि च्याम्पियनको फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने तयारी थियो। तर, अब भने ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने भएको छ।कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेपछि ग्रान्ड फिनाले च्यासलस्थित आफ्नै स्टुडियोमा गर्न लागिएको निर्देशक विशाल भण्डारी बताउँछन्।
ग्रान्ड फिनालेमा अभिनेता राजेश हमाल र महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) अतिथि रहनेछन्। सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त ग्रान्ड फिनालेमा पुगेका छन्। सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा कमेडी च्याम्पियनका निर्णायक छन्। शोको होस्ट रीमा विश्वकर्माले गर्दै आएकी छिन्। आयोजकले तीनै जना प्रतिस्पर्धीलाई भोटिङ खुल्ला गरेको छ। त्यस्तै ग्रान्ड फिनालेको टिकट बिक्री पनि खुला गरिएको आयोजकले जनाएको छ। टिकट ई–सेवाबाट काट्न सकिने बताईएको छ।
The post चैत १ गते कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ appeared first on Purbeli News.
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य


