बागमती प्रदेश सभामा रहेको एम्बुलेन्सले सर्वसाधारणका लागि समेत सेवा प्रवाह गर्ने

0
49

मकवानपुर- मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताल र बागमती प्रदेश सभा सचिवालयबीच एम्बुलेन्स सञ्चालन सहकार्य सम्झौता भएको छ ।

प्रदेश सभा सचिवालयमा रहेको बागमती प्रदेश ०३–००१–झ ०१५३ नम्बरको एम्बुलेन्स हेटौंडा अस्पताललाई प्रयोग गर्न दिने सहमती भएको हो । बुधबार प्रदेश सभा सचिवालयका तर्फबाट सचिव पूर्ण बहादुर दर्जी र हेटौंडा अस्पतालका तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश सभा सञ्चालन अवधी र समिति बैठक बसेको समयमा एम्बुलेन्स प्रदेश सभा परिसरमा रहने र अन्य समयमा नागरिकको सेवामा प्रयोग गरिने सम्झौता पत्रमा उल्लेख छ । ‘बी ग्रेड’ को एम्बुलेन्स बुधबार अस्पताललाई हस्तान्तरण गरिएको छ ।

प्रदेश सभा सदस्यको लागि ल्याइएको एम्बुलेन्सले अब सर्वसाधारणका लागि समेत आपतकालिन सेवा प्रवाह गर्ने छ ।

https://www.ujyaalonepalnews.com/archives/31964

Previous articleनेपालगञ्जमा आज पनि कर्फ्यु जारीः सामाजिक, धार्मिक सद्‍भाव कायम राख्न आग्रह
Next articleधार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियता