माछाको परिकारमा कुनै पनि रङ्ग नमिसाउने मलेखुका माछा व्यवसायीको प्रतिबद्धता

धादिङ- मलेखुका माछा ब्यपारीहरुले अबदेखि माछाको परिकार बनाउँदा कुनै पनि अखाद्य रङ्ग नमिसाउने बताएका छन् ।

केही दिन अघि स्थानीय प्रशासनले मलेखु बजारमा गरेको अनुगमनका क्रममा विक्रिका लागि राखिएको सबै माछाहरुमा अखाद्यय बस्तु मिसावट गरेको भन्दै जरिवानासहित माछा जफत गरेपछि ब्यपारीले रंग नमिसाउने प्रविद्धता जनाएका हुन् ।

माछाको स्वाद र परिकारका लागी निकै प्रशिद्ध मलेखु बजारमा विक्रिका लागी राखिएको माछामा मानव स्वास्थ्यका लागी निकै हानिकारक रसायनयुक्त रङ्ग मिसाएको भन्दै कारवाही गरेको हो । अब भने कुनै किसिमको रङ्ग नमिसाउने सामुहिक प्रतिबद्धता ब्यापारीहरुले गरेका छन् ।

अनुगमनपछि मलेखु बजारका माछा ब्यपारीहरुले आर्थिक मन्दीका कारण सुस्ताएको ब्यापार ब्यवसाय पर्व सुरुभएसँगै केही सुधार हुने आशा रहे पनि अहिले भने ठप्प जस्तै भएको बताएका छन् ।

आफुहरुले मानव स्वास्थ्य माथि खेलवाड नगरेको र खाद्यय तथा गुण नियन्त्रकबाट आएको अनुगमनले नै सिफारिश गरेको रङ्ग प्रयोग गर्दै आएको समेत ब्यपारीहरुले बताएका छन् ।

तर मात्रा भने आफुहरुले मिलाउन नजान्दा यस्तो अवस्था आएको स्वीकारेका छन् । अहिले भने मालेखु बजारका होटल ब्यवसायी माछा ब्यपारीले सबै माछाहरु रङ्ग नलागई विक्रिका लागी राखेका छन् ।

ब्यापारीहरुले यसरी वर्षमा एक पटक मात्रै नभई हरेक महिना अनुगमन गर्नुपर्ने माग समेत गरेका छन् । जस्ले गर्दा आफुहरुलाई सुध्रिने मौका मसेत पाउने भनाई छ ।

अहिलेको अवस्थामा ब्यापार ब्यावसाय पनि सुस्ताएको बताउँदै अनुगमनका नाममा वर्षमा एक पटक मात्रै आएर गर्ने चर्को जरिवाना अर्को समस्याको विषय बनेको गुनासो ब्यपारीहरुले गरेका छन् ।

माछाको लागी प्रशिद्ध मानिएको मलेखुको मजुवा बजारमा मात्रै ४५ वटा होटल तथा एक दर्जन भन्दा धेरै माछा व्यवसायीहरु रहेका छन् । उनिहरुले प्रतिदिन एक टनको हाराहारीमा माछाका विभिन्न परिकारहरु बनाई विक्रि गर्ने गर्दछन् ।

https://ujyaalonepalnews.com/archives/31965

Previous articleबागमती प्रदेश सभामा रहेको एम्बुलेन्सले सर्वसाधारणका लागि समेत सेवा प्रवाह गर्ने
Next articleउत्तरी गोरखावासीलाई चीनको सीमा प्रवेश अनुमती पत्र वितरण शुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।